दफा १८
आयोगको सचिव
(१) आयोगको प्रशासनिक प्रमुखको रुपमा काम गर्न एक सचिव रहनेछ।
(२) सचिवले प्रमुख निर्वाचन आयुक्तको सामान्य निर्देशनमा रही यस ऐन र अन्य प्रचलित कानूनमा तोकिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त देहाय बमोजिमका काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछः–
(क) आयोगको प्रशासन र व्यवस्थापन सम्बन्धी काम गर्ने, गराउने,
(ख) आयोगको वार्षिक बजेट, कार्यक्रम र योजना तयार गरी आयोग समक्ष पेश गर्ने, गराउने,
(ग) आयोगको चल, अचल सम्पतिको रेखदेख, स्याहार सम्भार गर्ने, गराउने,
(घ) आयोगको काम कारबाही सुचारु रुपले सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने, गराउने,
(ङ) आयोगको नीति, कार्यक्रम तथा निर्णयको कार्यान्वयन गर्ने, गराउने,
(च) आयोगले तोके बमोजिमको अन्य कार्य गर्ने गराउने ।